भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा समेटियो


पुस १८, काठमाडौं । दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतका तीव्र गतिका बलर मोहमद सिराजसामु दक्षिण अफ्रिका निरिह देखिएको छ। जसका कारण बुधबार पूरा टोली २३।२ ओभरमा मात्र ५५ रनमा अलआउट भयो।

केप टाउनको न्युल्यान्ड्स क्रिकेट मैदान (एनसीजी)मा दक्षिण अफ्रिकाका कप्तान डीन एल्गरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, यो निर्णय दक्षिण अफ्रिकाका लागि महंगो साबित भयो। घरेलु टोलीले ४६ रनमा ८ विकेट गुमाएको थियो। मोहम्मद सिराजले ९ ओभरमा ६ विकेट लिए । कप्तान रोहित शर्माले इनिङ्सको दोस्रो ओभरमा सिराजलाई बल दिएका थिए।

जसमा उनले १ रन मात्र दिए। त्यसपछि उनले अर्को ओभरमा २ रन बनाएका एडन मार्करामलाई यशस्वी जैसवालको हातबाट क्याच आउट गराए। आफ्नो तेस्रो ओभरमा सिराजले ४ रन बनाएका कप्तान डिएन एल्गरलाई बोल्ड गर्दै दोस्रो विकेट लिए। त्यतिबेला दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ९ रनमात्रै स्कोरबोर्डमा बनाएको थियो।

बुमराहले इनिङ्सको ९औं ओभरको तेस्रो बलमा ३ रन बनाएका ट्रिस्टन स्टब्स आउट गर्दै व्यक्तिगत पहिलो विकेट लिए। १० औं ओभरमा सिराजले २ रन बनाएका टोनी डी जोरजीलाई आउट गर्दा भारतले चौथो सफलता हासिल गरेको थियो।

१६ औं तथा व्यक्तिगत आठौं ओभरमा सिराजले २ विकेट लिए। उनले दोस्रो बलमा १२ रन बनाएका डेभिड बेडिङह्यामलाई आउट गरेका थिए भने पाँचौं बलमा मार्का यान्सेनलाई खाता नै खोल्न नदिएर पभेलियन पठाए।

व्यक्तिगत नवौं ओभरमा सिराजले १५ रन बनाएका काइल वारेनलाई शुभमन गिलको हातबाट क्याच आउट गराएपछि दक्षिण अफ्रिकाको स्कोर १८ ओभरपछि ७ विकेट गुमाएर ४५ रन बनेको थियो।

त्यसपछि मुकेश कुमारले आफ्नो पहिलो तथा टिमको २०औं ओभरमा ३ रन बनाएका केशव महाराजलाई आउट गरेपछि दक्षिण अफ्रिकाको स्कोर ८ विकेटमा ४६ रन बनेको थियो।

बुमराहको बलमा ४ रन बनाएका नान्द्रे बर्गर क्याच आउट भएपछि ५५÷९ को अवस्था पुगेको थियो। त्यसपछि मुकेश कुमारले आफ्नो तेस्रो (२४ औं) ओभरमा ५ रन बनाएर खेलिरहेका कागिसो रबाडालाई श्रेयस अय्यरको हातबाट आउट गराएपछि दक्षिण अफ्रिका ५५ रनमा समेटिन पुग्यो। दक्षिण अफ्रिकाका लागि काइल वारेन र डेभिड वेडिङहमलेसमान १५ र १५ रन बनाएर दोहोरो अंक छोएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?