राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा
पुस २२, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ ।
अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।
पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा छ । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जनागरी कुल ३४७ जना मतदाता रहेका छन्।
त्यस्तै कोशीमा ९३, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ४० र सुदूरपशिम प्रदेशमा ५२ गरेर कुल मतदाता संख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।