चितवनमा बोरामा भेटिएका दुई शवको पहिचान खुल्यो
पुस २३, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा गत मंसिर ६ गते बोरामा फालिएको अवस्थामा फेला परेको दुईजनाको शवको पहिचान खुलेको छ।
भरतपुर महानगरपालिका -१२ स्थित मिलनचोकमा कल्भर्ट नजिकै मंसिर ६ बोराभित्र महिला र पुरूषको शव फेला परेको थियो। प्रहरीका अनुसार दुवै शव भारतीय नागरिकको रहेको खुलेको छ।
उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेर फालेको अनुसन्धानबाट खुलेको छ। भारत मोतिहारी घर भएका उनीहरू भरतपुरमा व्यापार गरेर बस्दै आएको खुलेको छ।
हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्या आरोपमा पक्राउ परेकाले नेपाल ल्याउन नपाइएको प्रहरीले बताएको छ।