उलवर्थले माग्यो माफी, विभेदपूर्ण गञ्जी राख्नु गल्ती भएको स्वीकार


अष्ट्रेलियाभरि राष्ट्रिय नेटवर्क भएको उलवर्थ सपिंग चेनले बेच्न राखिएको गञ्जीमा लेखिएको कुरा यतिबेला चर्चामा छ । यसको सामाजिक सञ्जालहरुमा व्यापक आलोचना हुन थालेपछि उलवर्थले नियतवश नभई भुलवश यस्तो हुन गएको भन्दै माफी पनि मागेको छ । गञ्जीमा लेखिएको थियो यदि तिमी माया गर्दैनौ भने छोड । यसले निकै अर्थ लगाउँथ्यो । आईतबार अपरान्ह क्यानबेराका स्थानीय जर्ज सिरागले ट्वीटरमार्फत पोष्ट गरेपछि यसमा धेरै कमेन्टहरु आएका छन् । उलवर्थको फेसबुक एकाउन्टमा धेरैले कमेन्ट गरेका छन् । जसमा आपूmहरु यस्तो कम्पनीले पनि भेदवभापूर्ण यस्तो विचार राख्न सक्छ भन्ने कुराबाट मर्माहत भएको बताएका छन् । यस्ता गतिविधिले ग्राहक गुमाउनसक्ने चेतावनी पनि कमेन्टहरुमा दिइएको छ । अष्ट्रेलिया मन पराउँदैनौ भने तिमीले यो देश छोड्नसक्छौ भन्ने आशय देखिन्छ । उलवर्थका प्रवक्ताले प्रतिक्रिया दिँदै भनेका छन् यो हाम्रो नीति अन्तर्गतको होइन । दुईवटा स्टोरमा मात्रै यस्तो भएको रहेछ । यस्तो कार्य फेरि नहोस् भन्नेतर्फ हामी सचेत हुनेछौं र दोहोरिन दिने छैनौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?