अपहरित वडाध्यक्षका छोराको सकुशल उद्धार, तीन जना पक्राउ
पुस २६, विराटनगर । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो।
अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ बाट उद्धार गरेको हो। उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए। पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव छन्।
मोरङकै भाथीगछ पुर्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो।