पूर्व प्रेमीबाट रकम लिएपछि विवादमा तानिइन् कोरियन अभिनेत्री पार्क
माघ १, सोल । फिल्म ‘म्यारी माई हजबेण्ड’ फेम्ड कोरियन अभिनेत्री पार्क मिन योङ विवादमा तानिएकी छन्। कोरियन ट्याबलेट डिस्प्याचले पूर्व प्रेमी काङ जोङ ह्युनबाट पैसा लिएको समाचार प्रकाशन गरेपछि उनी विवादमा तानिएकी हुन्।
पार्क विश्वव्यापी रुपमा चिनिएकी कोरियन फिल्मकी लोकप्रिय अभिनेत्री हुन्। फिल्म ‘ह्वाट्स रङ विथ सेक्रेटरी किम’मा उनले निभाएको मी–सोको चरित्रले दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन्।
पत्रिकाका अनुसार काङले १ लाख ९० हजार अमेरिकी डलर पार्ककका खातामा पठाएका छन्। काङले यो रकम उनी आबद्ध एक कम्पनीबाट ऋणको रुपमा लिइएको र उक्त रकम पार्कको जीवनयापनका लागि दिइएको समाचारमा उल्लेख छ।
काङ उनको कम्पनी र अन्य आबद्ध फर्मबाट ४५ दशमलब ७ मिलियन डलर हिनामिना गरेको आरोपमा मुद्धा झेलिरहेका छन्। अभिनेत्री पार्क र काङले केही महिना डेट गरेका थिए। पार्ककी बहिनी काङकै एक फर्मममा काम गर्छिन्।
पार्कको बारेमा समाचार प्रकाशन भएपछि पार्कको एजेन्सीले उक्त समाचारको खण्डन गरेको छ। एजेन्सीले पार्कले गरेको भनिएको आर्थिक कारोबारको हाल सुक्ष्म अध्ययन भइरहेको र त्यसबारे केही प्रमाण नभेटिएको दाबी गरेको छ।
‘फेब्रुअरी २०२३ मा काङ जोङ ह्युनले अभिनेत्री पार्क मिन योङको बैंक खाता प्रयोग गर्ने गरेका विषयमा अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट पार्कले गैर कानूनी काम नगरेको र गैर कानूनी काम गरेर उसले नाफा नलिएका अनुसन्धानबाट पुष्टि भएका छ। समाचारमा भनिएजस्तो १ लाख ९० हजार अमेरिकी डलर काङले पार्कको खातामार्फत प्रयोग गरेको हो। पार्कले उक्त रकम खर्चका लागि प्रयोग गरेकी थिइनन्’, एजेन्सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
एजेन्सीले पार्कको बचाउ गर्दै विज्ञप्ती जारी गरे पनि सर्वसाधारणले यो कुरा पत्याउन सकेका छैनन्। कोरियाका सेलिब्रेटीमा गरिने सार्वजनिक छानविन एसिया र पश्चिमा मुलुकका सेलिब्रेटीको भन्दा उच्च हुन्छ। एक अन्तरवार्तामा पार्कले काङसँगको सम्बन्धले आफूलाई मानसिक र भावनात्मक रुपमा अशान्त बनाएको खुलासा गरेकी थिइन्।
उनले फिल्म ‘म्यारी माई हजबेण्ड’को बारेमा अनिश्चित रहे पनि निर्माताले आफू प्रति गरेको विश्वासका कारण यो फिल्ममा अभिनय गरेको खुलाएकी छन्।