बिँडी तान्दा महेश बाबूलाई ‘माइग्रेन’


माघ ४, मुम्बई । अभिनेता महेश बाबूका फिल्म ‘गुंटूर करम’ गत जनवरी १२ मा रिलिज भयो। यो फिल्मले बक्सअफिसमा ७७ करोडको कलेक्सन गरेको छ।

यो फिल्ममा काम गर्दा आफूलाई ‘माइग्रेन’ भएको महेशले खुलासा गरेका छन्। उनले फिल्ममा भएको धुम्रपानको दृश्यबारे कुरा गर्दै बिँडी तान्दा आफूलाई ‘माइग्रेन’ समस्या देखिएको खुलाएका छन्।

‘मैले धुम्रपानलाई प्राथमिकता दिएको छैन। तर स्क्रिप्टको माग अनुसार मैले बिँडी तानेको हुँ। मैले पहिलोपटक बिँडी तान्दा मलाई माइग्रेन भयो। यसपछि सेटमा ‘आयुर्वेदिक बिँडी’ बनाएर मैले दृश्य दिएँ’, उनले भनेका छन्।

उनले आफूले धुम्रपान नगर्ने र धुम्रपानलाई प्राथमिकता नदिने बताएका छन्। ‘यो एक आयुर्वेदिक बिँडी थियो। जुन ल्वाङको पत्ताबाट बनाइएको थियो। शुरुमा मलाई वास्तविक बिँडी दिइयो, जसले मलाई माइग्रेन भयो। मैले यो बारेमा त्रिविक्रम श्रीनिवासलाई बताएपछि अब के गर्ने भनेर उनले सोचे।

त्यसपछि उनले सोधखोज गरेर मलाई आयुर्वेदिक बिँडी दिइयो। जुन मलाई राम्रो लाग्यो। यो ल्वाङको पत्ताबाट बनाइएको थियो र यसमा पुदिनाको स्वाद थियो। यसमा कुनै सुर्ती थिएन’, महेश बाबुले भनेका छन्।

यो फिल्ममा त्रिविक्रम श्रीनिवासको निर्देशन छ। यो फिल्म अघि महेश बाबु र त्रिविक्रमले ‘हिट अथाड’(२००५) र ‘खलेजा’(२०१०) जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरेका थिए।

‘गुंटुर करम’मा महेश बाबुका अलावा श्रीलीला, मीनाक्षी चौधरी, जगपति बाबू, राम्या कृष्णन, जयराम, प्रकाशराज र सुनील जस्ता कलाकारको अभिनय छ। यो फिल्म गुंटूरको एक डन र उसको प्रेमकथामा आधारित छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?