अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने
अमेरिकी सैन्य सेवामा समलिङ्गीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो ।
समलिङ्गीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाई छ । अमेरिकी सैन्य सेवामा पहिलो समलिङ्गी व्यक्ति इरिक फ्यानिङ सैन्य सचिवमा नियुक्त भएपछि यस्तो निर्णय आएको बताइएको छ । समलिङ्गी अधिकारका लागि काम गर्नेहरुले सरकारी निर्णयको स्वागत गरेका छन् । अमेरिकी सेनामा १५ हजार समलिङगी रहेको अनुमान छ ।