दुई वर्षपछि फर्किँदै अमेरिकी एयरफोर्सको अन्तरीक्ष विमान


विमानहरु पृथ्वीमा एक ठाउँबाट अर्को ठाउँसम्म जान सक्छन् । तर, अन्तरीक्षसम्म पुग्नसक्ने प्रविधिका साथ दुई वर्ष अघि पृथ्वीको कक्ष बाहिर पठाइएको अमेरिकी एक्स ३७ बी नामक रहस्यमयी विमान पृथ्वीमा फर्कने भएको छ । सुरक्षा मामिला भएको भन्दै अमेरिकी वायुसेनाका अधिकारीहरुले यस बारमा धेरै कुरा खोलेका छैनन् । तर, उनीहरुले यो सैनिक विमान फर्किन लागेको भने पुष्टि गरे । क्यालिफोर्नियामा रहेको सैनिक एयर बेसमा यसलाई सफलतापूर्वक अवतरण गराउने योजना छ । यसलाई सन् २०१२ को डिसेम्बर ११ तारिखका दिन पृथ्वीको कक्षमा पठाइएको थियो । ९ महिनाको लागि भनिएको यो मिशन किन लम्बियो र के उपलब्धी हासिल भयो भन्ने विषयमा कुनै जानकारी आएको छैन । अर्विटल टेष्ट भेइकल नाम दिइएको यसलाई सफलतापूर्वक अवतरण गराउने कार्यमा हामी लागेका छौं कर्णेल केईथ बेथले आफ्नो प्रतिक्रियामा भनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?