लिभरपुल एफए कपको फाइनलमा
माघ ११, काठमाडौं । लिभरपुल एफए कप (कारबाओ कप) को फाइनलमा पुगेको छ।
बुधबार राति फुलह्यामविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा एक-एक गोलको बराबरी खेले पनि समग्रमा ३–२ को नतिजाका साथ फाइनलमा लिभरपुलले स्थान पक्का गरेको हो । पहिलो लेगमा लिभरपुल २–१ गोल अन्तरले विजयी भएको थियो।
लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए। एक गोलले पछि परेको फुलह्यामले ७६औं मिनेटमा बराबरी गोल फर्कायो। फुलह्यामका लागि इस्सा डिओपले बराबरी गोल गरेका हुन्।
फाइनलमा प्रवेश गरेको लिभरपुलले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ। चेल्सी अघिल्लो दिन मिडिल्सबर्गलाई समग्रमा ६–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो। एफए कपको उपाधि भिडन्त फेब्रुअरी २५ मा वेम्बले स्टेडियम लण्डनमा हुने छ।