आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु


माघ १५ एजेन्सी । उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आतंकवादी हमला भएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले शनिबार राति भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको बताएको छ।

गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वमा शत्रुको गोलीबाट अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो। यो आक्रमणको पछाडि इरान समर्थित मिलिशियाको हात रहेको दाबी गरिएको छ।

यी मिलिशियाहरू सिरिया, इराक, लेबनान र लिबियामा सक्रिय छन्। यसअघि पनि इराकस्थित अमेरिकी एयरबेसमा हमला भएको थियो तर मानवीय क्षति भने भएको थिएन। यस आक्रमणपछि राष्ट्रपति जो बाइडेनले बदला लिने चेतावनी दिएका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम०का अनुसार आक्रमण उत्तरपूर्वी जोर्डनमा रहेको एउटा बेसमा भएको हो। सेन्टकमले आफ्ना आफन्तहरूलाई सूचित नगरी २४ घण्टासम्म सैनिकहरूको पहिचान गोप्य राखिने बताएको छ। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार साँझ अमेरिकी सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै सिरिया र इराकमा इरान समर्थित मिलिशियाले आक्रमण गरेको आरोप लगाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?