मृत भनिएकी पुनम पाण्डे जिउँदै
माघ २०, मुम्बई । दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो।
पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोष्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो।
उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्युको खबर पोस्ट गरेको खबर बाहिरिएको छ। तर, अभिनेत्री पुनम पाण्डेको निधन नभएको उनी आफैले शनिबार जानकारी दिएकी छिन्।
उनले आफैंले शनिबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै आफू जीवित रहेको जानकारी दिएकी हुन्। आफ्नो मृत्युको नक्कल गर्ने अभिनेत्रीले आफूलाई क्यान्सर पनि नभएको तर पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउन यो सबै गरेको खुलासा गरेकी छन्।
मृत्युको खबर झुटो सावित भएपछि अहिले फेरि उनले चर्को आलोचनाको सामना गर्नुपरेको छ। यो भद्दा मजाकको लागि प्रयोगकर्ता र स्टारहरूले उनको आलोचना गरिरहेका छन्।
पाण्डेले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेकी छिन्,‘म तपाईहरू सबैसँग एउटा महत्त्वपूर्ण कुरा साझा गर्न बाध्य छु। म यहाँ छु, जीवित छु। पाठेघरको मुखको क्यान्सरले मलाई लगेन, तर दुःखको कुरा रोगसँग कसरी लड्ने भन्ने ज्ञानको अभावमा यसले जन्मेका हजारौं महिलाको ज्यान लिएको छ। केही अन्य क्यान्सरहरू भन्दा फरक भएकाले पाठेघरको क्यान्सर पूर्ण रूपमा रोक्न सकिन्छ।’