माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माघ २२, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आजै दिउँसोदेखि सुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८:३० बजे बस्दैछ।
बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित हुने कार्यक्रम छ। हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए।