‘ग्रामी’ मा तीन अवार्ड जितेको केही समयपछि किलर माइक पक्राउ
माघ २२, एजेन्सी । र्यापर र अभियन्ता किलर माइकले आइतबार राती सम्पन्न ६६ औं संस्करणको ‘ग्रामी अवार्ड २०२४’ मा तीन अवार्ड जिते। जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए। अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन्।
लगातार तीन अवार्ड जितेपछि किलरलाई क्र्रिप्टो डटकम एरिनामा लसएन्जल्स प्रहरीले पक्राउ गरेका थिए। प्रहरीले यो मामलामा केही बोलेको छैन। प्रहरीले एक पुरुष पक्राउको जानकारी दिएको छ। तर, को पक्राउ परे भन्ने विषयमा आधिकारिक केही बताएको छैन। किलर निकटका अनुसार किलरलाई प्रहरीले एक दुष्कर्म मामलामा हिरासतमा लिएको हो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रहरीले किलरलाई लसएन्जल्समा क्र्रिप्टो डटकम एरिनाबाट लगिरहेका देख्न सकिन्छ। साथै उनको हातलाई पछाडिपट्टि हत्कडी लगाएर बाँधिएको छ।
किलरले ‘ग्रामी अवार्ड’मा र्याप प्रेजेन्टर, र्याप गीत र र्याप एलबम विधामा गरी तीन अवार्ड जितेका थिए।