पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी
माघ २५, इस्लामावाद । पाकिस्तानमा नयाँ सरकार गठन गर्ने संसदको तल्लो सदनका लागि चार प्रान्तीय सभाको निर्वाचन अन्तर्गत मतदान जारी छ। आम निर्वाचनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदखि मतदान भइरहेको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ।
कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ।
एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्वाधरुपमा जारी रहने बताए
संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ। आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन्।
उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ।