बिहीबार मात्रै मौसममा सुधार आउने, जाडो बढ्यो काठमाडौंमा


पूर्वी बङ्गालको खाडीबाट फैलिएको हुदहुद नामको सामुद्रिक आँधीका कारण मौसम बदली भई देशभर पानी परेको छ । सामुद्रिक आँधी हिजो मध्याह्नबाट भारतको आन्ध्र प्रदेश हुँदै पश्चिम उत्तरतर्फ बढिरहेकाले त्यसको प्रभावस्वरूप मुलुकभर वर्षा भएको र बिहीबारदेखि मौसममा पूर्णरूपमा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सामुद्रिक आँधी भारतको छत्तिसगणको बाँटो हुँदै पश्चिम उत्तर प्रदेशसम्म आइपुग्दैछ, त्यो उत्तरप्रदेश आइपुग्दा नेपालको नजिक पर्ने भएकाले आज मध्य र पश्चिमी भेगमा भारी वर्षा हुनुको साथै देशभर बदलिहुनेछ । मौसमविद् पौडेलले दुई दिनको पानीले तापक्रम ह्वात्तै घटेकाले बिहीबारदेखि उपत्यकासहित देशभर चिसो सुरु भई जाडो बढ्ने बताउनुभयो । काठमाडौँ उपत्यकाको आइतबारको अधिकतम तापक्रम २८ डिग्रिसेल्सियस रहेकोमा सोमबार १० प्रतिशत घटेर अधिकतम तापक्रम १८ पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?