माओवादी केन्द्रको विधान अधिवेशन आज पनि


फागुन २, काठमाडौँ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ। सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ।

ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा छलफल गरिरहेका छन्। बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउने कार्यसूची रहेको छ। बुधबार दिउँसो १ बजेसम्म समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए।

बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन्। सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?