बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत पक्राउ


फागुन २, काठमाडौँ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।

ललितपुरकी एक स्थानीय युवतीले बलात्कार जबरजस्ती करणी गरेको भन्दै गजमेरविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा गजमेरलाई पक्राउ गरिएको ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताए।

उनीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ। ती युवतीले गत माघ १८ गते जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?