माओवादीको केन्द्र प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी


फागुन ३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन जारी छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौदामाथि विभिन्न समूहबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ। आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जवाफ दिनेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?