गणतन्त्र र वर्तमान संविधानको जग ०७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल


फागुन ७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन्। ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूणर्र् जग वि।सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले सोमबार प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा भनेका छन्।

राष्ट्रपति पौडेलले फागुन ७ मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको दिनकारुपमा इतिहासमा गौरवपूणर् र अविस्मरणीय दिन भएको स्मरण गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूणर् उपलब्धिकारुपमा उल्लेख गरेका छन्।

‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ। जनता नै राज्य शक्तिको सम्पूणर् स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ।’

दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिको कामना समेत गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?