प्रसूति गृहबाट चोरीएको शिशु काँडाघारीमा फेला, एक महिला पक्राउ
फागुन १२, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ। बच्चा लिएर जाने महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
हिजो दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु चोरी भएको थियो। ती शिशुलाई एक महिलाले लिएको गएको सीसीटीभीमा देखिएको थियो। त्यसैका आधारमा प्रहरीले खाजी गरेको थियो। प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिए पनि नाम सार्वजनिक गरेको छैन। शिशु लैजानुको कारण पनि खुलेको छैन।
सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्म दिएको २६ दिनको शिशु लिएर गएको देखिएको थियो।