रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापति रवि लामिछानेलाई
फागुन २१, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ।
सोमबार विहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निणर्यहरू लिने अधिकार सभापतिलाई दिएको हो।
बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा भइरहेका बेला आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाका सभापति लामिछानेसहितसँग चरणबद्ध वार्ता गरेका थिए।
‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल भयो, त्यसपछि फरक राजनीतिक समीकरणको पनि सम्भावना नहुने भन्ने हुदैन,’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने।