किसानको समर्थनमा नाना पाटेकर
फागुन २३, मुम्बई । भारतमा भइरहेको किसान आन्दोलनमा बलिउड स्टार नाना पाटेकरले समर्थन जनाएका छन्। उनले किसानको समर्थन गर्दै सरकार चयनको प्रसंग उठाएका छन्।
किसानमाथि राज्यले गरेको ज्यादतीको विरोध गर्दै उनी हरेक समय किसानको पक्षमा हुने गरेका छन्। यसपटक पनि उनले किसानको समर्थन गरेका हुन्।
‘पहिला ८०–९० प्रतिशत किसान थिए, अहिले ५० प्रतिशत छन्। अब सरकारसँग केही नमाग्नु। कसको सरकार ल्याउने हो, तय गर्नु। म राजनीतिमा जान सक्दिनँ किनकी जुन पेटमा छ, त्यही मुखमा आउँछ। उनीहरु मलाई पार्टीबाट निकाल्छन्। पार्टी फेर्दाफेर्दा एक महिनाको अवधिमा सबै पार्टी सकिन्छन्,’उनले भनेका छन्।
‘यहाँ हाम्रा किसान दाजुभाईसँग हृदयको कुराकानी गर्न सकिन्छ। जसले हामीलाई जहिल्यै खान दिन्छन्, उसलाई कसैको वास्ता छैन भने तपाईंलाई हामी किन वास्ता गर्ने सरकार रु’,उनले अगाडि भनेका छन्।
‘यदि आत्महत्या नै गरें भने पनि आगामी जन्म किसानकै रुपमा जन्म लिन्छु, किसानले कहिल्यै पनि म किसानका रुपमा जन्म लिन चाहन्छु भन्दैन। हामी जनावरको भाषा बुझ्छौं, के तिमीलाई समय हुँदै किसानको भाषा बोल्न आउँदैछ ?’ उनले प्रश्न गरेका छन्।
नाना आफूलाई किसानको ठूलो हितैषी मान्छन्। उनले पहिला पनि किसानले बारम्बार गरिरहेको आत्महत्याप्रति अफसोस जनाएका थिए। उनले एक संस्था बनाएर किसानका पक्षमा काम पनि गरिरहेका छन्। उनले आत्महत्या गरेका किसानका १ सय ८० विधवालाई जनही १५ हजार रुपैंयाँ सहयोग गरेका थिए।