नेपाली श्रमिकका समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु : नवनियुक्त श्रममन्त्री अर्याल


????????? ????, ?????? ??? ??????? ?????????????? ????????? ?????? ?????? ??????????? ????? ????? ????? ? ?????? : ????? ??? / ????

फागुन २४, काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार पदबहाली गर्दै मन्त्री अर्यालले भने, “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो।” विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार पद बहाली गरेका छन्। उनले प्रत्यक्ष लाभ हुनेगरी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?