रियालाई विदेश जान अदालतले दियो अनुमति


फागुन २४, मुम्बई । मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अभिनेता सुशान्त सिंह राजपूतका मृत्युसँग सम्बन्धित ड्रग्स मामलामा परिवारका साथ विदेश जान अनुमति दिएको छ।

अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुनका लागि श्रीलंका जाने अनुमति दिएको हो।

एडीपीएस अधिनियमसँग सम्बन्धित मामलाको सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनि दिएको निवेदनको सुनुवाई गर्दै उक्त आदेश दिएको हो । अदालतले उनका भाई र मामलाका सह–अभियुक्त शौविक चक्रवर्तीद्वारा दायर आवेदनलाई पनि अनमुति दिएको छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सन् २०२०, जुन १४ मा निधन भएका थियो। सुशान्तका निधनपछि उनको परिवारले रियामाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए। लामो समयको अनुसन्धानपछि अभिनेत्रीलाई लागुऔषध मामलामा सोही वर्षको सेप्टेम्बरमा गिरफ्तार पनि गरिएको थियो।

गिरफ्तारीको करिब एक महिना पछि बम्बई हाई कोर्टले उनलाई जमानत दिएको थियो। यो मामलामा रियाका अलावा उनका भाई शौविक र अन्य कैयौं व्यक्ति आरोपित थिए। सुशान्तको मुद्धापछि रियालाई विदेश यात्रामा पनि अदालतले रोक लगाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?