गुल्मी समाज भिक्टोरियाको गठन, अध्यक्ष जनक गौतम


गुल्मी जिल्ला घर भई अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुले गुल्मी समाज भिक्टोरिया गठन गरेका छन् । गत सोमबार आयोजित भेलाले जनकराज गौतमको अध्यक्षता अन्तरिम कार्यसमिति निर्माण गरेको हो । Gulmiभिक्टोरियाको मिटचाम पार्कमा भएको भेलामा संगठन पूर्णतः स्वयंसेवी हुने र गैरनाफामूलक रहने पनि जानकारी गराइएको थियो । एक प्रेस विज्ञप्ति जारी गर्दै गुल्मी समाज भिक्टोरियाले कार्यसमितिमा रहने पदाधिकारीका विषयमा पनि जानकारी गराएको छ । जस अनुसार उपाध्यक्षमा लालसिंह केसी, चिरञ्जीवी पाण्डे, सचिवमा गान्धी प्रसाद भट्टराई, कोषाध्यक्षमा कैलाश सापकोटा र सदस्यहरुमा सालिकराम अर्याल, रामचन्द्र पोखरेल, रञ्जन ढकाल, नरबहादुर खत्री, राजेन्द्र जोशी रहनुभएको छ । यसैगरी सल्लाहकार समितिमा कृष्णप्रसाद चालिसे, मणिरत्न सापकोटा, शिवलाल सापकोटा र भीमलाल सापकोटा रहनुभएको छ । आर्थिक समितिमा सुवास खरेल र प्रेम सापकोटा रहनुभएको पनि समाजले जनाएको छ । भिक्टोरियामा बसोबास गर्ने गुल्मेलीहरुलाई एकताबद्ध गर्दै उनीहरुको हित प्रबद्र्धन गर्ने र आफ्नो जन्मभूमिको लागि विभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ आगामी कार्यक्रमहरु तय गर्न लागिएको जानकारी अध्यक्ष गौतमले गराउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?