मेलबर्नमा आदिकवि भानुभक्तको स्मरण गर्दै साहित्य तथा संगीत जमघट


आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीका क्रममा अष्ट्रेलियाभर विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना हुँदैछन् । यसैक्रममा भानुजयन्ती मनाउन मेलबर्नमा पनि तयारी गरिएको छ । भानुजयन्तीको अवसर पारेर आगामी जुलाई १७ तारिख आईतबार मेलबर्नमा साहित्यिक जमघट आयोजना गर्न लागिएको हो । bhanu bhaktaसाहित्य तथा संगीत जमघट भिक्टोरियाको आयोजनामा गर्न लागिएको यस साहित्यिक कार्यक्रममा आदिकविका कविताहरु वाचन गर्नुका साथै साहित्यकारहरुले आफ्नै रचना पनि प्रस्तुत गर्नेछन् । मध्यान्ह १२ बजेबाट ४ बजेसम्म कोबर्गस्थित बिगबेली रेष्टुरेन्टको हलमा साहित्यिक जमघटमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । साहित्यिक जमघटका आयोजकमध्येकै एक अनुपम पाठकले आदिकविको जन्मोत्सवलाई भव्यतापुर्वक सम्पन्न गर्ने कार्यक्रममा सहभागी भइदिन आग्रह गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपाललाई एकताबद्ध गर्ने सूत्रधारका रुपमा नेपाली समाजले स्वीकारेका राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । आचार्यले रामायण नेपाली भाषामा लेखेका थिए ।
यसैबीच, साहित्य तथा संगीत जमघट भिक्टोरियाले हरेक महिना गर्दै आएको जमघटको दोश्रो संस्करणको पहिलो कार्यक्रम सम्पन्न गरेको छ । कोबर्गको लाईब्रेरीमा आयोजना गरिएको कार्यक्रममा कवि, गीतकारहरुले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।kabita हरेक महिनाको पहिलो आईतबार कार्यक्रम गर्ने तालिका अनुसार पहिलो कार्यक्रम जुलाई ३ तारिखका दिन आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?