नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
फागुन ३०, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए।
अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिए।