उत्तर कोरियाली नेता किम जोङ उनसहित १० जनामाथि अमेरिकाको प्रतिबन्ध


Kimअमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसहित १० जना उत्तर कोरियाली उच्च सरकारी अधिकारीबिरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

मानवअधिकारको गम्भीर उल्लघन गरेको आरोपमा उनबिरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै नेता किम जोङ उनलगाएत अन्य अधिकारीहरुको अमेरिकामा रहेको चल अचल सम्पत्तिसमेत रोक्का गरिने अमेरिकाले जनाएको छ । साथै उनीहरुले कुनै पनि अमेरिकी नागरिकसँग मिलेर ब्यापार ब्यवसाय गर्न पाउने छैनन् ।

उत्तर कोरियामा १ लाखभन्दा बढी सर्वसाधारणलाई बन्दी बनाई चरम शारीरिक यातना दिई मानव अधिकार उल्लंघन गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो । परमाणु उत्पादनको बिषयलाई लिएर यसअघिदेखि नै प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियालाई विश्व जगतबाट एक्लो पार्ने रणनीतिमा अमेरिका लागि परेको बिश्लेषण गरिएको छ । आफू माथिको प्रतिबन्धका विषयमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?