विश्वविजेता जर्मनीलाई २–० ले पाखा लगाउँदै फ्रान्स युरोकपको फाइनलमा, फाइनलमा आइतबार राति पोर्चुगलसँग खेल्ने


france-vs-germanyजर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति मार्सेमा भएको सेमिफाइनलमा घरेलु टोली फ्रान्सले विश्व विजेता जर्मनीलाई २–० ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्दै ग्रेजम्यानले टोलीलाई अग्रता दिए । दोस्रो हाफको ७२ औं मिनेटमा ग्रेजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे ।

यो हारले विश्व विजेता जर्मनीलाई भने धक्का लागेको छ । दुई वर्ष अघि ब्राजिलमा विश्वकप फुटबल आयोजना हुँदा सेमिफाईनलमा आयोजक टोलीलाई स्तब्ध पारेको जर्मनीले यसपटक त्यो लय दोहो¥याउन सकेन ।

उता फ्रान्सले भने सन् १९५८ पछि कुनै पनि मुख्य फुटबल प्रतियोगितामा पहिलो पटक जर्मनीलाई पराजित गरेको छ । बिहीबार रातिको खेलमा दुई गोल गरेका फ्रान्सका ग्रेजम्यान जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडिहरुको सूचीमा शीर्ष स्थानमा छन् । ग्रेजम्यानले ६ गोल गरेका छन् । यसैगरी फ्रान्स युरोकप फुटबलको आयोजकको हैसियतमा दुई पटक फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । यसअघि सन् १९८४ को युरोकप फुटबल आयोजना गरको फ्रान्स त्यतिवेला पनि फाइनलमा पुगेको थियो । उता जर्मनी भने कुनै पनि मुख्य फुटबल प्रतियोगिताको पछिल्ला ६ सेमिफाइनलमध्ये चार वटामा पराजित भएको छ । पछिल्लो पटक लगातार दुई वटा युरोकप फुटबलको सेमिफाईनलमा हारेको जर्मनी त्यसअघि सन् २००६ र २०१० को विश्वकप फुटबलका पनि सेमिफाइनलमै पराजित भएको थियो ।

बिहीबार रातिको जितसँगै आयोजक फ्रान्सले पोर्चुगल विरुद्धको उपाधि भिडन्त तय गरेको छ । फाइनल खेल आइतबार राति पेरिसमा हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?