पञ्जावसँग दिल्ली क्यापिटल्स ४ विकेटले पराजित
काठमाडौं ।
इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ। शनिबार डबल डेगर अन्तर्गतको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो। दिल्लीका लागि साइ होपमले २५ बलमा ३३ रन बनाउँदा अभिषेक पटेलले १० बलमा ३२ रनको धुवाँधार नटआउट पारि खेले। यसैगरी डेभिड वार्नर २९ रनमा आउट हुँदा मिचेल मार्सले २० रन जोडेका थिए।
त्यस्तै दुर्घटनामा परेको १५ महिनापछि पहिलो पटक आइपीएलमा कमब्याक गरेका दिल्लीका कप्तान ऋषभ पन्तले १३ बलमा १८ रन बनाएका थिए। अक्षर पटेलले २१ रन बनाएका थिए।
पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरको नाउँमा एक एक विकेट रह्यो। १७५ रनको जवाफी लक्ष्य पछ्याउँदै पञ्जावलाई जिताउन साम कुरानले ४७ बल खेल्दै सर्वाधिक ६३ रन बनाए। अन्त्यमा लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ३८ रनको पारि खेले।
पञ्जावका प्रभिसिमरन सिंहले १७ बलमा २६ तथा कप्तान शिखर धवनले १६ बलमा २२ रन बनाए। दिल्लीका खलिल अहमद र कुलदीप यादवले दुई दुई विकेट लिँदा इशान्त शर्माले एक विकेट हात पारे।