बालबालिका तस्करी गरेको आरोपमा रजनी श्रेष्ठ पक्राउ, को हुन् रजनी ?


Rajaniनेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिकाको तस्करी गरेको आरोपमा प्रहरीले काठमाडौंको पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार पक्राउ गरेको हो ।
नौ जना बालबालिका अमेरिका पु¥याएर उतै छाडेको अभियोगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले मानव ओसारपसार तथा बेचबिखन ऐनअन्तर्गत थप कारवाहीका लागि श्रेष्ठलाई शनिबार हिरासतमा लिएको हो । परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको  हो ।
समर स्कुलका लागि भनेर अमेरिका पुया¥इएका नौ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका पछि बेपत्ता देखिएपछि अध्यागमन विभागले प्रहरीलाई असार १६ गते  पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?