कर्णालीमा नयाँ सरकारका लागि आह्वान


चैत २२, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन। नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय यही चैत २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ।

यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गरेका थिए। सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गत फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?