कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १, काठमाडौं । सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ।
हाल कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
शनिबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।