कान्छो राष्ट्र दक्षिण सुडानमा युद्धविरामको घोषणा


Sudanविश्वकै सबैभन्दा कान्छो राष्ट्र दक्षिण सुडानमा युद्धविरामको घोषणा भएको छ ।

राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचारले युद्धविरामको घोषणा गरेका हुन् । गत बिहीबारदेखि राजधानी जुबामा राष्ट्रपति किर र उपराष्ट्रपति मचारको पक्षमा रहेका सैनिकबीच झडप भएको थियो । हिंसात्मक झडपमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो ।

झडपका क्रममा ठूलो मात्रमा तोप, ट्यांक तथा हेलिकप्टरको पनि प्रयोग भएको थियो । हिंसा भड्किँदै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले दुवै पक्षलाई लडाइँ रोक्न आह्वान गरेको थियो ।

सुरक्षा परिषदले पछिल्लो संघर्षले विश्वको कान्छो राष्ट्रका लाखौं नागरिकको सुरक्षामा खतरा रहेको भन्दै निन्दा गरेको थियो । सुरक्षा परिषदले दक्षिण सुडानमा शान्ति सेना पठाउने निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?