कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा


वैशाख ९, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अलथानी पहिलो पल्ट नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन्। उनी पर्सि मङ्गलबार दुई दिने भ्रमणमा आउन लागेका हुन्।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आजदेखिए सियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बङ्गलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

काठमाडौंस्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार अमिर अलथानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ।

काठमाडौंमा रहँदा नेपाल र कतारवीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?