यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
वैशाख १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार डलर शनिबारको तुलनामा स्थिर छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा कायम छ।
युरो भने शनिबारको तुलनामा बढेर आएको छ। एक युरो बराबर आज १४२ रुपैयाँ कायम हुँदा बिक्री दर १४२ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको छ। शनिबार डलरको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसामा झरेको छ। शनिबार पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो। यस्तै शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको थियो। साताको पहिलो कारोबार दिन पाउण्डको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन।
कतारी रियालको मूल्य शनिबारको तुलनामा स्थिर छ। रियाल आज एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसामा कारोबार भैरहेको छ।