सिड्नीमा हुरी, करिब ३० हजार घरमा विजुली काटियो, अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह


मौसमको पूर्वानुमान अनुसार सिड्नीमा हुरी र मुसलधारे पानी एकसाथ पर्दा विभिन्न क्षेत्र प्रभावित भएका छन् । मुख्यतः सिड्नी एयरपोर्ट, व्यांक्सटाउन, मोराउब्रा, सिटी, ओलम्पिक पार्क र सिड्नी हार्वर ब्रिज क्षेत्रमा मुख्य प्रभाव देखिएको छ र मानिसहरु कारमा नै अड्किन बाध्य भएका छन् । मेघ गर्जनका कारण विमानस्थलमा केही विमानको उडान ढिलो हुन पुगेको छ । विमानस्थलका कर्मचारीहरु विमानबाट सामान निकाल्नका लागि जान समेत नसकेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । उता ब्लु माउन्टेन क्षेत्रमा हिपात भएको छ । हिउँ २० सेन्टीमिटरसम्म बाक्लो भएको बताइएको छ । हावा १ सय ६० किलोमिटर प्रतिघटाको बेगमा आएको छ र ग्रेट वेस्टर्न हाईवे र बेल्स लाईन अफ रोड बन्द गरिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?