सिड्नीमा नर्दन विचेज नेप्लीज सोसाईटीको अभिभावक भेला र पिकनिक


– वीरेन्द्र श्रेष्ठ (सिड्नी)
विभिन्न कामको सिलसिलामा अष्ट्रेलिया आउनुभएका अभिभावकहरुलाई घुमाउन लैजाने र पिकनिकको आयोजना गर्नेक्रम जारी छ । यसैबीच सिड्नीको नर्दन विचेज नेपाली सोसाईटीले पनि अभिभावकहरुको लागि बुधबार एक कार्यक्रमको आयोजना गरेको छ । उक्त पिकनिकमा ५५ जनाको सहभागिता रहेको र त्यसमध्ये ३२ जना अभिभावक रहेको संस्थाका सचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । मुख्यतः आफ्ना सन्तानलाई भेट्न अष्ट्रेलिया आएका बखत अभिभावकहरु नेपालकै जस्तो सामाजिक वातावरण नपाउँदा न्यास्रो मान्ने गर्दछन् ।

picnic
Photo : Supplied

यही अभावलाई मेटाउन केही समय अघि एनआरएन अष्ट्रेलियाले अभिभावकहरुको निम्ति पिकनिकको आयोजना गरेको थियो । यही क्रमलाई पछ्याउँदै संस्थाले आयोजना गरेको पिकनिक सफल बनेको र अब हरेक वर्ष यस किसिमको कार्यक्रम गर्ने जानकारी दिइएको छ । अभिभावकहरुका निम्ति मेन्ली ड्याममा आयोजना गरिएको कार्यक्रमका सबै खानेकुरा त्यहीँ बनाइएको थियो भने अभिभावकहरुले आफ्नो अष्ट्रेलिया अनुभव सुनाएका थिए । यहाँ सिकेका कुरा नेपालमा पनि लागू गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने केही अभिभावकहरुको धारणा थियो । यस्तै उनीहरुले आफुजस्तै साथीहरु यतिधेरै संख्यामा भेट्न पाउँदा औधि खुशी लागेको धारणा राखेका थिए । सोसाईटीकी अध्यक्ष प्रवला बस्नेतले सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?