चुनावलाई संसदीय कोणबाट होइन समाजवादबाट हेरौं : विप्लव


वैशाख १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावलाईसंसदीय कोणबाटहोइन समाजवाद प्राप्तको अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले २१औं शताब्दीको विशेषता, प्रवृत्तिहरू र ज्ञानको प्रयोग गरेर चुनावलाई संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउने हिसाबमा प्रयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘चुनावलाई अहिले केवल यो २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, विभिन्नचरित्रबाट नापेर हामीले चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउनेगरि लैजानेगरि, चुनावको प्रयोग गर्नुपर्छ । संसदीय चुनावको कुरा होईन् की समाजवादको लागि एउटा समाजवादी अभियान बनाएर त्यसलाई प्रयोग गर्नुपर्छ ।’

चुनाव केवल सरकार सदनको कुरा मात्रै नभएको भन्दै यसलाई एउटा समाजवाद निर्माणको लागिअभियानात्मक ढंगलेसञ्चालन गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी), चार मित्र वर्ग (किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) ६ समुदायखसआर्य, जनजाती, मधेसी, श्रमिक समुदाय, महिला, मुस्लिम) लाई एकतावद्ध गर्ने साथै सबैलाई मोर्चाबद्ध गर्न जोड लगाउने निर्णय पनि गरेको बताए ।

केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिका सम्भव सबै तरिका रमाध्यमहरुलाई प्रयोग गर्ने निर्णय लिएको छ । त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय पनि गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?