प्रधानमन्त्री दाहाल र भारतका महालेखापरीक्षक मर्मुबीच सिंहदरबारमा शिष्टाचार भेट


वैशाख २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतका नियन्त्रक एवं महालेखापरीक्षक गिरीशचन्द्र मर्मुले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयहरूमा क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदान–प्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्न सक्ने विश्वास व्यक्त गरे।

भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?