डा. गोविन्द केसीको अनसनको समर्थनमा सिड्नीमा आज कार्यक्रम


नेपालमा मेडिकल माफियाविरुद्ध पटक पटक सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको समर्थनमा अष्ट्रेलियाको सिड्नीमा आज दिउँसो एक कार्यक्रम गर्न लागिएको छ । दिउँसो ३ बजेदेखि सिड्नीको सिटीस्थित हाईड पार्कमा जम्मा भएर डा. केसीको मागहरु पूरा गराउनका निम्ति दबाब दिइने तयारी भएको कार्यक्रमका संयोजकमध्येका एक डिला खरेलले जानकारी दिए । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल र डा. घनयाम चापागाईंको अगुवाईमा डा. गोविन्द केसी समर्थन अभियान यसअघि पनि आयोजना गरिएको थियो ।Dr. Govinda-KC यसअघि सिड्नीको एशफिल्ड पार्कमा आयोजना गरिएको कार्यक्रममा सिड्नीवासी नेपालीहरुले ऐक्यबद्धता जनाएका थिए । यस पटक पनि विदेशमा रहेका नेपाली समेत डा. केसीको माफियामुक्त मेडिकल शिक्षाको प्रयासमा साथ दिन जुटेको उनीहरुले बताएका छन् । एउटा व्यक्तिले एउटै माग राखेर पटक पटक अनसन बसेर आफ्नो ज्यान नै जोखिममा पार्दा समेत राज्यले बेवास्ता गर्नु वास्तवमा विडम्बना नै हो, खरेलले एमएनटीभीसँग भने । उनले आजको कार्यक्रममा सहभागिताका लागि सिड्नीवासी सबै नेपालीहरुमा आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?