यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
वैशाख २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ। सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो।
त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ। सोमबार खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो।