स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे


वैशाख २९, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको जिरोनाले अंक बाँडेको छ। २ पटक अग्रता लिएर पनि जोगाउन असफल हुँदा जिरोनाले अंक बाँड्न पुगेको हो। शुक्रबार राति भएको खेलमा जिरोना र एलाभेसले २–२ जिरोनाले एरिक गार्सियाको गोलमा चौथो मिनेटमै अग्रता लिएको थियो। भिक्टर त्सिहानकोवको पासमा उनले गोल गरेका थिए।

तर, एलाभेसले १२ औं मिनेटमै बराबरी गोल फर्काएको थियो। उसका लागि जोन गुरेडीले ग्युलिनो सिमोनको पासमा बराबरी गोल गरेका थिए। ४४ औं मिनेटमा एन्जेल हेरेराले गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए।

जित नजिक रहेको जिरोना दोस्रो हाफको इन्ज्योरी समयको पनि अन्तिममा गोल खान पुग्यो। नवौं मिनेटमा जोन गुरेडीले नै व्यक्तिगत दोस्रो गोल गर्दा एलाभेसले २–२ गोलको बराबरी खेल्दै एक अंक लिन सफल भयो।

जिरोना ला लिगाको तालिकामा ७५ अंकका साथ दोस्रो स्थानमा छ भने एलाभेस ४२ अंकका साथ ११ औं स्थानमा छ। ला लिगाको उपाधि भने रियल मड्रिडले जिति सकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?