सरकारबाट बाहिरियो जसपा, उपेन्द्रले दिए राजीनामा


वैशाख ३१, काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल ९जसपा० सरकारबाट बाहिरिएको छ। सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो।

अध्यक्ष यादवले सरकारमा रहेर सत्तासिन दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएकाले राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरेका छन।

यद्यपी जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिसकेको छैन। त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले नेपाल न्यूज बैंकलाई जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?