मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त


वैशाख ३१, काठमाडौं । पार्टी फुटेपछि उपेन्द्र यादवले सरकार छाडेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका दुई नेतालाई सोमबार साँझ मन्त्री नियुक्त गरेका हुन्। प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार ताकिएको हो।

प्रधानमन्त्री दाहालको सिफारिसमा दुवैलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका हुन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा यादवलाई राष्ट्रपति पौडेल र खानलाई प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

पार्टी विभाजनपछि उपेन्द्र यादवले सोमबार नै सरकार छाडेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?