उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध
जेठ ४, एजेन्सी ।अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार, ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरुको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरु खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ।
विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले दुई रसियाली र तीन रसियामा आधारित संस्थाहरूलाई दुई देशहरूबीच हतियार स्थानान्तरणमा सहजीकरण गरेको प्रमाण फेला पारेको छ।
यो निर्णयलाई उत्तर कोरियाको राजधानी प्योंगयांगको हतियार व्यापारमा प्रतिवन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषदको विविध प्रस्तावहरूको उल्लङ्घनको रूपमा लिईएको थियो।
ती दुई व्यक्तिहरू अलेक्से बुडनेभ र राफेल अनातोलेभिच गजारियन हुन्। ट्रान्स क्यापिटल लिमिटेड कम्पनी, राफोर्ट लिमिटेड कम्पनी र टेक्नोलोजिया कम्पनी पनि प्रतिवन्धमा परेका छन्।
‘यो कारबाहीले रुससँगको उत्तर कोरियाको गहिरो सैन्य सहयोगलाई बाधा पुर्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले भने।
अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियार र अन्य सामग्रीको ढुवानीमा सहयोग पु¥याउन खोज्नेहरूलाई जवाफदेही बनाउन कारबाही जारी राख्ने नेल्सनले बताए।
रूसले पहिले नै युक्रेन विरुद्ध उत्तर कोरियाद्वारा उत्पादित ४० वटा ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिसकेको मिलरको दाबी छ। उनले दुई देशबीचको गहिरो सम्बन्धले विश्व सुरक्षा र अन्तर्राष्ट्रिय अप्रसार शासनको लागि व्यापक खतरा निम्त्याउने बताए।
‘हामी रुस–उत्तर कोरियाबीचको साझेदारीको अवस्थालाई रोक्न सबै उपयुक्त कदमहरू चाल्नेछौं र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीसँग सामेल हुन आह्वान गर्नेछौं’ मिलरलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले लेखेको छ।