सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमा हुने


Rakhepaसातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरको दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

पूर्वाञ्चलमा हुने प्रतियोगितामा ३५ वटा खेल समावेश हुने छन् । प्रतियोगिताका लागि २० करोड छुट्याइएको छ । प्रतियोगिताका लागि जिल्ला र क्षेत्रीय स्तरको खेल कात्तिकसम्म सक्ने तयारी छ ।

यस्तै १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपका सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा डेस्क बनाउने निर्णय भएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?