सिरोहिया थप ३ दिन थुनामै रहने


जेठ ११, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन्। जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको बताए। जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनका लागि मात्र म्याद थपेको छ।

सिरोहियालाई गत मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा लगेर नागरिकतासम्बन्धी उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ ।
नागरिकता किर्तेमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?