यी पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
जेठ १४, काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
यस्तै सोमबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
आज राती कोशी प्रदेशमा पूर्ण बदली रहने छ। मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम पनि आंशिक बदली रहने छ। राति कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका एवं मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।